नौरंगी चंगा

त्यो हिमाली हावाको विहानी झोक्का  पानीको लहरमा परेका घामका किरणहरु हाम्रा सुस्त सुस्त पाइलाहरुको मसिनो आवाज !  तिम्रा आँखाको त्यो नौलो भाषा  मुस्कानको अर्कै अर्थ  र अकस्मात म बदलिएको नौरंगी चंगामा ! हो सबै सबै याद छ म पर्खि बसेकी छु तिमी कहिले आउँछौँ ? लट्टाइको धागो बनेर ? Advertisements

चित्रबहादुरका छोरा उहिले इँटा बोक्थे,अहिले रोटी पोल्छन्

शोभा शर्मा काठमाडौँ, भदौ दोहोरी साँझमा हारमोनियम बजाए, कोरियामा बंगुर हेरे, दुख गरे, दुख पाएनन्। दिनभरि सचित्रको फोन अफ थियो। उनी आफूले काम गर्ने ठाउँमा त पक्कै गएको हुनुपर्छ भनेर हामी अनामनगर पुग्यौँ। अनामनगरको एउटा साँघुरो ढावा। बाहिरपट्टी रोटी बेल्ने टेबल र रोटी सेक्ने भट्टी छ। त्यहीँ तन्दुरमा सचित्र केसीका हात चलिरहेका थिए, घरी रोटी…… Continue reading चित्रबहादुरका छोरा उहिले इँटा बोक्थे,अहिले रोटी पोल्छन्

वसन्तपछिको निलाम्मे ‘ज्याकमाण्डौ’

पारिजातले आफ्नो पहिलो उपन्यास ‘शिरीषको फूल’ को भूमिका लेख्न शंकर लामिछानेसँग आग्रह गरिन्। लामिछानेले शिरीषको फूल चिनेकै थिएनन्। उनले भूमिकामा लेखेका छन्, ‘किताबको नाम छ, शिरीषको फूल! म शिरीषको फूल नचिनेको मान्छे, किताब पढुन्जेल मेरो आँखामा ‘जराकाण्ड’ (ज्याकराण्डा) आइरहेको थियो।’ त्यतिबेला पारिजात र लामिछाने मात्र होइन, आज पनि वास्तविक शिरीष र ज्याकरान्डालाई लिएर अलमल छ।…… Continue reading वसन्तपछिको निलाम्मे ‘ज्याकमाण्डौ’

तिमी विना

असाध्य संझनाको दुष्कर भोगाई शायद अब सामान्य लाग्न थाल्यो तिम्रो असाध्य संझनामा सायद रमाउन सिकेँ! खै कुन्नी के के भयो मलाई आफु हुनुको मज्जा आउन छोड्यो तिम्रो संझना विनाका दिन र रातहरुमा, आफैलाई  विर्सिन थालेँ। तिमीलाई विर्सिनु भनेको आफैलाई संझिनु हैन रहेछ मलाई आफु हुनुको बोधले रंगाउन छोड्यो यति निस्पृह हुन सक्दोरहेछु आफैसँग कहिलेकाँहि म…… Continue reading तिमी विना

तनवीर

कसैले ढोका बजार्‍यो। यता मेरो सातो गयो।  सासुमा र जेठाजीले पनि यसरी नै ढोका बजारेर आएका थिए। मलाई जिउभरि मट्टितेल खन्याएका थिए।अहिले पनि त्यस्तै आवाजले मेरो छाती फेरि खुम्चियो र मुटु फुल्दै आयो। निदाएकी छोरीलाई हत्तपत्त काखमा  लिएँ। दोस्रो चोटी भने कसैले विस्तारै ढकढकायो।  मिठो लय मिलाएर पहिले यसैगरी तनवीरले ढोका ढकढक्याउँथ्यो। ढोकातिर सुनसान छायो। यहाँ मलाई…… Continue reading तनवीर

सुसाइड नोट !

काठमाडौंमा जाडो सकिनै लागेको एक साँझ,म कानमा इयरफोन ठोसेर अफिसबाट निस्कीएँ। मानिससंग ठोकिँदै घरि सडक र घरि पेटीमा पैदलै हिँड्नुको मज्जा बसमा कहाँ पाउनु? ‘तुम इक गोरख धन्दा हो…’ बजिरहेको थियो। पाकिस्तानी गायक नुसरत फतेह अलि खानले दैवलाई वर्णन गरेर गाएको यो कब्बाली गीतको नायक मलाई भने रवि हो झैँ लाग्छ। उसको स्वभाव पनि त…… Continue reading सुसाइड नोट !

जाडो !

हुन त तिमीबिना जिन्दगी डिसेम्बरको जाडो जस्तै चिसो हुन्छ, हाँसो पनि ओठसंगै कक्रक्क पर्छ तर,  घमाइला दिनजस्तै कोहि हुन्छन्, र फुस्किन्छ मुस्कान! त्यहि मुस्कानको न्यानोमा म बाँच्छु, र मनभरि सजाउँछू तिम्रो दीर्घायूको कामना !!

जवाफ

पारी क्षितिज वरिपरी बादलको क्यानभासमा घामका रङ्गहरू मसी बनेर कथा लेख्छन् । जब कथामा दुःख र वेदना भरिन थाल्छ, क्यानभास भारी हुन्छ र जमीनमा खस्छ, पानीका थोपाहरू बनेर, अनि बन्छ झरी । टप टप टप बलेंसीको आवाज टाढा कतै बजेको बाँसुरीको धुनसँग मिसिएर एउटा मीठो सङगीत बन्छ भूल्न नसकेको प्रित, गाउन नसकेको गीत बनेर निरन्तर…… Continue reading जवाफ